माओवादी केन्द्रद्धारा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट

माओवादी केन्द्रद्धारा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट

२०७८, पौष २० मंगलवार

  • 1.0K
    SHARES

  • माओवादी केन्द्रद्धारा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।

    माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपांग र अल्पसंख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित)लाई उम्मेदवार चयन गरेको हो ।

    केन्द्रको हिजो बसेको बैठकले राष्ट्रिय सभा सदस्य उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो ।

    २०७८, पौष २० मंगलवार१०:२४:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार