अमेरिकामा एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमण

अमेरिकामा एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमण

२०७८, पौष २० मंगलवार

  • 901
    SHARES

  • अमेरिकामा एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमण

    वासिङ्टन । संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमण देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ ।

    अमेरिकामा विगत २४ घण्टामा करिब १.०७ मिलियन नयाँ सङ्क्रमण पुष्टि भएको देखिएको छ जुन विश्वमा कोभिड महामारीको सबैभन्दा नराम्रो स्थिति हो ।

    नयाँ कोभिड-१९ मामिलाको सङ्ख्या पछिल्लो सात दिनमा दोब्बर बढेर प्रतिदिन औसत ४१८,००० पुगेको छ ।

    यद्यपि, भाइरसको द्रुत फैलावटले देशको स्वास्थ्य सेवा प्रणालीमा थप दबाब मात्र दिएको छैन यसले अर्थतन्त्रलाई एक पटक फेरि नराम्रोसित प्रभावित गरेको छ जसले गर्दा श्रमिकको अभाव, हजारौँ उडान रद्द, र केही व्यवसायले फेरि आफ्नो ढोका बन्द गर्न बाध्य भएका छन् ।- एजेन्सी ।

    २०७८, पौष २० मंगलवार०४:३८:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार