पौष ११, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ५ हजार ४३४ नमुना परीक्षण गर्दा २१३ महिला र २८७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको सख्ंया २ लाख ५७ हजार ७०० पुगेको छ ।
जसमध्ये २ लाख ४९ हजार १३२ जना संक्रमणमुक्त भएका छन् भने १ हजार ८१९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ६ हजार ७४९ सक्रिय संक्रमित छन् भने ३ हजार ३४९ होम आइसोलेसनमा छन् ।
२८८ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।