बेइजिङमा धूम्रपान गर्नेको सङ्ख्यामा क्रमशः कमी 

बेइजिङमा धूम्रपान गर्नेको सङ्ख्यामा क्रमशः कमी 

२०७८, पौष २१ बुधवार

  • 1.5K
    SHARES

  • बेइजिङमा धूम्रपान गर्नेको सङ्ख्यामा क्रमशः कमी 

    बेइजिङ । चीनको राजधानी बेइजिङमा १५ वर्ष र सोभन्दा माथिका व्यक्तिमा धूमपान दर १९.९ प्रतिशतमा झरेको छ ।

    मङ्गलबार सार्वजनिक नगर स्वास्थ्य आयोगको तथ्याङ्क अनुसार सन् २०१९ को तुलनामा यस उमेर समूहमा धूम्रपान गर्नेहरूको सङ्ख्या ७३ हजारले घटेको छ । 

    दोस्रो व्यक्तिले गरेको धुम्रपानका कारण हुने जोखिम कार्यस्थलमा २७ प्रतिशत तथा रेष्टुरेन्टहरूमा ४२.५ प्रतिशत रहेकोमा यसमा सन् २०२१ सम्ममा कमी आई क्रमशः २३.४ प्रतिशत र ३७.३ प्रतिशत कायम भएको तथ्याङ्कमा उल्लेख छ ।  

    धूम्रपानले जनस्वास्थ्यमा पार्ने हानीकारक प्रभावलाई कम गर्न चीन सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणलाई विशेष ध्यान दिएको पाइन्छ । 

    बेइजिङले सन् २०१५ को जुन १ देखि सार्वजनिक स्थलमा धूम्रपान निषेध गरेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी नियम लागू भएपछि बेइजिङले सार्वजनिक स्थलमा धूम्रपान निषेध गरेको हो । -एजेन्सी । 

    २०७८, पौष २१ बुधवार०८:०७:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार