लिबियाका पूर्व उपप्रधानमन्त्रीलाई भ्रष्टाचारको आरोप

लिबियाका पूर्व उपप्रधानमन्त्रीलाई भ्रष्टाचारको आरोप

२०७८, पौष २१ बुधवार

  • 1.4K
    SHARES

  • लिबियाका पूर्व उपप्रधानमन्त्रीलाई भ्रष्टाचारको आरोप

    त्रिपोली । लिबियाको पूर्व उपप्रधानमन्त्रीलाई भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

    लिबियाको महान्यायाधिवक्ताको कार्यालयले पूर्व उपप्रधानमन्त्री अल साद्धिक अब्दुल्करी करिमलाई भ्रष्टाचार गरेको आरोप लगाएको हो । उनले आर्थिक अनियमितता गरेको र उनीमाथी अनुसन्धान भइरहेको पनि अधिकारीहरुले जनाएका छन् ।

    राष्ट्रपतिका उम्मेदवार समेत रहेका करिमले आफू पदमा रहँदा न्यून गुणस्तरको सामग्रीलाई उच्च मूल्य तिर्ने गरी हस्ताक्षर गरेको पाइएको दाबी गरिएको छ ।

    उनले कानुनको उलङ्घन र गलत प्रयोग गरेकाले उनीमाथी अनुसन्धान गरी कारबाही गर्न महान्यायाधिवक्ताको कार्यालयले माग गरेको छ । उनले राज्यलाई पाँच करोड अमेरिकी डलर नोक्सान गराएको महान्यायाधिवक्ताको कार्यालयले दाबी गरेको छ ।-एजेन्सी ।

    २०७८, पौष २१ बुधवार०३:११:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार