एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

२०७८, पौष २३ शुक्रवार

  • 1.2K
    SHARES

  • एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

    सिमकोट । नेकपा (एमाले)को नवौँ जिल्ला अधिवेशन स्थगन भएको छ ।

    पार्टीको केन्द्रीय निर्देशनअनुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो ।

    आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन गर्ने भएको छ । हुम्लामा भने अधिवेशन एक महिनाका लागि स्थगन भएको छ ।

    सदरमुकाम सिमकोटको माथिल्लो बजारमा रहेको मानसरोवर होटलमा बसेको जिल्ला कमिटीको बैठकले आगामी माघ २३ गतेसम्मका लागि अधिवेशन स्थगन गर्ने निर्णय गरेको जिल्ला पार्टी सचिव पूर्ण ढकालले जानकारी दिए ।

    मौसम प्रतिकूलता र पार्टीका विविध समस्याका कारण जिल्ला अधिवेशन एक महिना पछि सरेको एमाले हुम्लाले जानकारी दिएको छ । यस्तै उक्त बैठकले नेकपा (एमाले)मा नवप्रवेशीलाई स्वागत गर्ने निर्णय गरेको जनाइएको छ ।

    २०७८, पौष २३ शुक्रवार०९:५९:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार