हिमपात र बाढीमा परेर अफगानिस्तानमा ११ को मृत्यु, २३ घाइते

हिमपात र बाढीमा परेर अफगानिस्तानमा ११ को मृत्यु, २३ घाइते

२०७८, पौष २३ शुक्रवार

  • 737
    SHARES

  • हिमपात र बाढीमा परेर अफगानिस्तानमा ११ को मृत्यु, २३ घाइते

    काबुल । अत्यधिक हिमपात र बाढीका कारण अफगानिस्तानमा बुधबार कम्तीमा ११ जनाको मृत्यु भएको छ । 

    अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार घटनामा परी देशभरीमा अरु २३ जना घाइतेसमेत भएका छन् । 

    अफगानिस्तानमा बुधबार सुरुमा हिमपात भएको र त्यसपछि भारी बर्षा भएर बाढी आएको पनि अधिकारीहरुले जनाएका छन् । 

    उनीहरुका अनुसार मृत्यु भएका र घाइते भएकाहरू देशको हेल्मन्ड, निम्रोज, फराह, नान्गाहर, कान्दहर, जावजान, ताखर र केन्द्रीय राजधानी काबुलका रहेका छन् । 

    देशको ९० प्रतिशत भूभागमा हिमपात, बर्षा र बाढीको असर परेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

    हिमपात, बर्षा र बाढीका कारण मानवीय क्षतिसँगै भौतिक क्षति पनि भएको र आर्थिक नोक्सानी भएको जनाइएको छ  । -एजेन्सी ।

    २०७८, पौष २३ शुक्रवार१०:१०:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार