एमालेको ६१ जिल्ला अधिवेशन सुरू, अध्यक्ष ओलीद्वारा उद्घाटन

एमालेको ६१ जिल्ला अधिवेशन सुरू, अध्यक्ष ओलीद्वारा उद्घाटन

२०७८, पौष २३ शुक्रवार

  • 1.1K
    SHARES

  • एमालेको ६१ जिल्ला अधिवेशन सुरू, अध्यक्ष ओलीद्वारा उद्घाटन

    काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सो पार्टीका जिल्ला अधिवेशनहरुको आज ‘भर्चुअल’ माध्यमबाट संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

    थापाथलीस्थित केन्द्रीय कार्यालयको एक्सन कक्षबाट उनले सम्बोधन गर्दै अधिवेशन शुभारम्भ गरेका हुन् । अध्यक्ष ओलीले राष्ट्रियताको संवद्र्धन र प्रवद्र्धन तथा समृद्धिका लागि एमाले कटिबद्ध रहेको बताए । उनले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी लाग्न कार्याकर्ताहरुलाई निर्देशन दिए । 

     हिमालीलगायत केही जिल्लामा बाहेक ६० भन्दा बढी जिल्लामा आज एमालेको अधिवेशन सुरु भएको छ ।

    २०७८, पौष २३ शुक्रवार०४:१२:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार