विश्वभर २४ घण्टामा २६ लाख जनामा कोरोना पुष्टि‚ छ हजारभन्दा बढीको मृत्यु

विश्वभर २४ घण्टामा २६ लाख जनामा कोरोना पुष्टि‚ छ हजारभन्दा बढीको मृत्यु

२०७८, पौष २४ शनिवार

  • 757
    SHARES

  • विश्वभर २४ घण्टामा २६ लाख जनामा कोरोना पुष्टि‚ छ हजारभन्दा बढीको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वभर झण्डै २६ लाख मानिसमा कोरोना पुष्टि भएको छ। कोरोनाको ओमिक्रोन भेरियन्टको प्रकोप बढेसँगै दैनिकजसो संक्रमितको संख्या बढिरहेको छ।

    पछिल्लो पटक अमेरिकामा ७ लाख ५५ हजार जनामा कोरोना पुष्टि भएको छ। फ्रान्समा ३ लाख २८ हजार, बेलायतमा १ लाख ७८ हजार, भारतमा १ लाख ४१ हजार र स्पेनमा १ लाख १५ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।

    यस्तै, अर्जेन्टिनामा १ लाख १० हजार, इटलीमा १ लाख ८ हजार, अस्ट्रेलियामा ७८ हजार, टर्कीमा ६३ हजार र जर्मनीमा ५९ हजार जनामा कोरोना पुष्टि भएको छ।

    सोही अवधिमा कोरोना संक्रमणबाट विश्वभर ६ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये अमेरिकामा १ हजार ७६८, रसियामा ७८७, जर्मनीमा २८४, भियतनाममा २३३, बेलायतमा २२९, इटलीमा २२३ र फ्रान्समा १९३ जनाको मृत्यु भएको छ। -एजेन्सी ।

    २०७८, पौष २४ शनिवार०८:२२:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार