एमाले पेशागत विशेष जिल्ला कमिटी अध्यक्षमा ढकाल निर्वाचित

एमाले पेशागत विशेष जिल्ला कमिटी अध्यक्षमा ढकाल निर्वाचित

२०७८, पौष २४ शनिवार

  • 1.9K
    SHARES

  • एमाले पेशागत विशेष जिल्ला कमिटी अध्यक्षमा ढकाल निर्वाचित

    काठमाडौं । नेकपा (एमाले) पेशागत विशेष जिल्ला कमिटी अध्यक्षमा उमेश ढकाल निर्वाचित भएका छन् । 

    पौष २३ - २४ गते दुई दिन चलेको जिल्लाको आठौं अधिवेशनले ढकालको नेतृत्वमा ७५ सदस्यीय कमिटी निर्माण गरेको हो ।

    कमिटीको उपाध्यक्षमा मोहन कुमार पराजुली, सचिव प्रकाश भट्टराई, उपसचिव द्धयमा सोयज अर्याल र एल.डि. भुसाल निर्वाचित भएका छन् । 

    त्यसैगरि सदस्यहरुमा लक्ष्मण खनाल, विद्या राई, इन्द्रमणि पौडेल, वरुण देव, केदार शर्मा, शम्भु कार्की, मिरा श्रेष्ठ लगाएत निर्वाचित भएका स्रोतले बतायो ।

    एमालेले कर्मचारी एवं पेशाकर्मी बृत्तमा पार्टी काम गर्न बनाईएको विशेष कमिटी भएकाले सम्पूर्ण सदस्यहरुको नामावली उपलव्ध हुन सकेन । 

    २०७८, पौष २४ शनिवार०९:०१:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार