बन्दुकधारीद्वारा नाइजेरियामा करीब दुई सय जनाको हत्या

बन्दुकधारीद्वारा नाइजेरियामा करीब दुई सय जनाको हत्या

२०७८, पौष २५ आइतवार

  • 821
    SHARES

  • बन्दुकधारीद्वारा नाइजेरियामा करीब दुई सय जनाको हत्या

    अबुजा । बन्दुकधारीहरूले नाइजेरियामा करीब २०० जनाको हत्या गरेको स्थानीयले बताएका छन् ।

    लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रको जाम्फारामा २०० जनाको हत्या गरेको स्थानीयलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

    आक्रमणबाट श्रीमती र आफ्ना तीन सन्तान गुमाएका उमारी माकेरी नाम गरेका एक व्यक्तिले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारी अनुसार बन्दुकधारीहरुले १५४ जनाको शव गाडेका थिए । केही शव संकलन गरी सेनाले सामूहिक अन्त्येष्टि गरेको थियो ।

    मोटरसाइकल चढेर आएका करीब ३ सय जना आक्रमणकारीले १० वटा गाउँमा आक्रमण गरेको बताइएको छ । आक्रमणकारीहरूले घर घरमै गएर गोली प्रहार गर्ने, लुटपाट गर्ने गरेको स्थानीयको भनाइ छ ।

    नाइजेरियामा लामो समयदेखि लडाकू तथा हिंस्रक समूहले आमनागरिकलाई दुःख दिने गरेका छन् भने उनीहरूसँग सरकारी पक्षले संघर्ष गरिरहनुपरेको छ ।

    सरकारले उनीहरूलाई आतङ्कवादी समूहको रुपमा घोषणा गरेर सुरक्षा कारबाही पनि चलाउँदै आएको छ तर अपेक्षित सुधार भने हुन सकेको छैन। -एजेन्सी । 

    २०७८, पौष २५ आइतवार०८:३८:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार