साउदी अरबकी राजकुमारी तीन वर्षपछि जेलमुक्त

साउदी अरबकी राजकुमारी तीन वर्षपछि जेलमुक्त

२०७८, पौष २५ आइतवार

  • 745
    SHARES

  • साउदी अरबकी राजकुमारी तीन वर्षपछि जेलमुक्त

    रियाद । साउदी अरबकी राजकुमारी र उनकी छोरी तीन वर्षपछि शनिबार जेलमुक्त भएका छन् ।  

    राजधानी रियादमा रहेको जेलबाट उनीहरुलाई सरकारी अधिकारीहरुले मुक्त गरिदिएको मानव अधिकारवादी समूहले जनाएको छ । 

    साउदी अरबको राज परिवारकी सदस्य ५७ वर्षीया बस्मा बिन्त साउद महिला अधिकारवादी र संवैधानिक राजतन्त्रका पक्षपातिको रुपमा चिनिन्छन् । 

    उनलाई सन् २०१९ को मार्चमा गिरफ्तार गरिएको थियो । उनको स्वास्थ्यमा समस्या आएकाले पर्याप्त स्वास्थ्य उपचारका लागि भन्दै उनीलाई रिहा गरिएको बताइएको छ तर यस बारेमा सरकारी अधिकारीहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् । 

    उनलाई त्यति बेला उपचारका लागि स्वीजरल्याण्ड जाने तयारी गरिरहेका बेला प्रस्थान गर्नु केही दिन अगाडि मात्रै पक्राउ गरिएको थियो । उनको स्वास्थ्य समस्या के हो भन्ने बारेमा पनि प्रष्ट जानकारी दिइएको छैन । -एजेन्सी । 

    २०७८, पौष २५ आइतवार०८:५६:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार