विद्यालय बन्द गर्ने निर्णय गर्न शिक्षा मन्त्रालयको बैठक बस्दै

विद्यालय बन्द गर्ने निर्णय गर्न शिक्षा मन्त्रालयको बैठक बस्दै

२०७८, पौष २६ सोमवार

  • 1.7K
    SHARES

  • विद्यालय बन्द गर्ने निर्णय गर्न शिक्षा मन्त्रालयको बैठक बस्दै

    काठमाडौं । कोभिड १९ को संक्रमण बढेसँगै सरकारले आधारभूत तथा माध्यमिक तहका विद्यालयमा आगामी १५ माघसम्म भौतिक कक्षा बन्दको तयारी थालेको छ ।​

    जनस्वास्वास्थ्यविदहरूको राय अनुसार आइतबार मात्र कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिडबारे बिफ्रिङको तेस्रो दिन बसेको सिसिएमसिसीको बैठकको १३ बुँदे निर्णयअनुसार थप निर्णय गर्न आज सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठक बस्दैछ ।

    सिसिएमसिसीकै निर्णयका आधारमा विद्यालय बन्द गर्ने वा थप केही सूचना जारी गर्नेबारे आज विस्तृत छलफल गरेर निर्णय गरिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

    आइतवार बसेको सिसिएमसिसीको बैठकलले शिक्षा मन्त्रालयमार्फत निर्णय गराएर संघीय मामिला तथा सामान्य प्रशासन हुँदै प्रदेश र स्थानीय तहलाई सिफारिस गर्न भनेको हो ।

    २०७८, पौष २६ सोमवार०९:२०:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार