काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला कार्यसमितिको अध्यक्षमा दीपक निरौला चयन भएका छन् ।
शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनबाट वागमती प्रदेश सभा प्रमुख सचेतक समेत रहेका निरौला सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यसैगरि उपाध्यक्षमा नवराज पराजुली, सचिव राजेश शाक्य र उपसचिव द्धयमा बिन्दु महर्जन र तेज प्रसाद ढकाल निर्वाचित भएका छन् ।