भारतमा थप १ लाख ७९ हजारभन्दा बढी कोरोना सङ्क्रमित

भारतमा थप १ लाख ७९ हजारभन्दा बढी कोरोना सङ्क्रमित

२०७८, पौष २६ सोमवार

  • 645
    SHARES

  • भारतमा थप १ लाख ७९ हजारभन्दा बढी कोरोना सङ्क्रमित

    नयाँदिल्ली। भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ७९ हजार ७२३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

    यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख २८ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । 

    हाल यहाँ  चार हजार ३३ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले सोमबार जानकारी दिएको छ ।  भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या सात लाख २३ हजार ६१९ रहेका छन् ।

    गएको २४ घण्टामा भारतमा ४६ हजार ५६९ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४५ लाख १७२ जनालाई कोरोना सङ्क्रमण निको भएको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९६.६२ प्रतिशत रहेको जनाइएको छ । 

    सोही अवधिमा थप १४६ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८३ हजार ९३६ जना पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

    कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड १५  लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ ।

    यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५१ करोड ९४ लाख ५ हजारभन्दा बढी डोज खोप लगाइएको छ । एजेन्सी ।

    २०७८, पौष २६ सोमवार०२:४२:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार