वैकल्पिक माध्यमबाट पढाइ जारी राख्न शिक्षा मन्त्रालयको निर्देशन

वैकल्पिक माध्यमबाट पढाइ जारी राख्न शिक्षा मन्त्रालयको निर्देशन

२०७८, पौष २७ मंगलवार

  • 1.3K
    SHARES

  • वैकल्पिक माध्यमबाट पढाइ जारी राख्न शिक्षा मन्त्रालयको निर्देशन

    काठमाडौँ । शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्दै वैकल्पिक माध्यमबाट पढाइ जारी राख्ने निर्णय गरेको छ ।

    सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

    आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । भौतिक उपस्थितिका कक्षा बन्द भए पनि अनलाइनलगायत वैकल्पिक माध्यमबाट सिकाइ अभियान सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।

    देशभरका आधारभूत र माध्यमिक विद्यालय (कक्षा १–१२) मा बिदा दिने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको निर्णयपछि सीटीईभीटीअन्तर्गतका कक्षा पनि पुस २७ (मंगलबार) देखि माघ १५ सम्म बन्द हुने भएका छन् ।

    विश्वव्यापी कोरोना महामारीका कारण नेपालमा तेस्रोपटक विद्यालय बन्द गरिएको हो । यसअघि शैक्षिकसत्र २०७६ अन्त्यमा विद्यालय बन्द भएका थिए । त्यसकारण २०७७ को शैक्षिकसत्र असारमा मात्रै सुरु गरिएको थियो ।

    २०७८, पौष २७ मंगलवार०७:१९:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार