काठमाडौं १ सँधै चर्चामा, को -को निर्वाचित भए एमाले जिल्ला कमिटीमा ?

काठमाडौं १ सँधै चर्चामा, को -को निर्वाचित भए एमाले जिल्ला कमिटीमा ?

२०७८, पौष २७ मंगलवार

  • 1.1K
    SHARES

  • काठमाडौं १ सँधै चर्चामा, को -को निर्वाचित भए एमाले जिल्ला कमिटीमा ?

    काठमाडौं । २०४८ सालमा तत्कालिन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई निर्वाचनमा हारे यता काठमाडौं १ सँधै चर्चामा रहने गरेको छ । 

    त्यस यताका निर्वाचनमा बामपन्थिले जित्दै आए पनि २०६४ साल यता नेपाली कांग्रेसका पुर्व महामन्त्री प्रकाशमान सिंहले एकछत्र राज गर्दै आएका छन् । उनलाई चुनौति दिने बामपन्थि नेताको खोजीमा अहिले जनचासोमा थप बढोत्तरी भएको देखिएको छ । 

    प्रमुख विपक्षी पार्टी एमालेले वडादेखि केन्द्रीय तह सम्मको अधिवेशन सम्पन्न गर्दा यो क्षेत्रबाट नेता प्रकाशमान सिंहलाई चुनौति दिने व्यक्तित्वकोे खोजि पनि शुरु भएको छ । 

    यसैबिच एमालेले जिल्ला तहको नेतृत्व समेत तय गरेको छ र यो क्षेत्रबाट युवा सहित १५ जनाको नेतृत्वपंक्ति पार्टी सत्तामा आएको छ । जसअनुसार धन बहादुर अछामी, हिरा थापा मगर, सरोज ढकाल, आत्माराम राजवंशी, ओम उप्रेती, शेर बहादुर सुब्बा, उज्जन कुमार श्रेष्ठ, कृष्ण कुमार खरेल, अशोक कार्की, सानु रम्तेल, चित्र बानिया, नयन थापा, झल्का शर्मा, हुमा देवी आचार्य र सरस्वती गौतम काठमाडौँ जिल्ला कमिटीमा निर्वाचित हुन सफल भएका छन् । 

    निर्वाचित जिल्ला कमिटीका सदस्यहरुलाई सो क्षेत्रबाट वागमति प्रदेश सभामा निर्वाचित सांसद गणेश प्रसाद दुलालले मंगलवार बिहान सम्मान गरेर सबैको नेता आफु रहेको भान भने दिन सफल भएका छन् । 

    नेता दुलाल निर्वाचित भए पश्चात सो क्षेत्रमा विकासका कामलाई द्रुत गतिमा अगाडि बढाउँदै लोकप्रिय भने बन्न सफल भएका छन् । यद्यपि उनलाई परिवारवादमा अल्झिँदै गएको र ठेकेदारहरुको स्वार्थमा मात्र गर्ने गरेको आरोप लगाउनेहरु पनि प्रशस्तै देखिएका छन् । 

    २०७८, पौष २७ मंगलवार०९:४९:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार