‘संविधानको रक्षाका लागि पुनःस्थापना’

‘संविधानको रक्षाका लागि पुनःस्थापना’

२०७७, पौष १२ आइतवार

  • 1.0K
    SHARES

  • ‘संविधानको रक्षाका लागि पुनःस्थापना’

    पौष १२, कास्की । 

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता देवप्रसाद गुरुङले संविधानको रक्षा र कार्यान्वयनका लागि संसद् पुनःस्थापना गर्नुपर्ने बताएका छन् । नेकपा गण्डकी प्रदेश कार्यालयको विस्तारित बैठकमा उनले संसद् विघटनको सिफारिस असंवैधानिक भएको जिकिर गरे । 

    उनले भने, “प्रधानमन्त्रीले संसद् विघटनको जुन निर्णय गर्नुभयो, यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र अहिलेको व्यवस्थालाई सहयोग गर्दैन ।” विघटित प्रतिनिधिसभामा नेकपाका तर्फबाट प्रमुख सचेतकसमेत रहेका नेता गुरुङले  संसद् पुनःस्थापना गरिछाड्ने जिकिर गरे ।  

    विघटित प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेलले पार्टीबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहयोग नभएको दावी गर्दै आन्तरिक छलफललाई लिएर जनताको अभिमतबाट निर्मित सार्वभौम प्रतिनिधिसभा विघटन सही नभएको बताए । 

    २०७७, पौष १२ आइतवार०७:१९:५२
    प्रतिक्रिया
    सम्बन्धित समाचार