भारतको जलपाइगुडीमा रेल दुर्घटना, ९ जनाको मृत्यु

भारतको जलपाइगुडीमा रेल दुर्घटना, ९ जनाको मृत्यु

२०७८, पौष ३० शुक्रवार

  • 837
    SHARES

  • भारतको जलपाइगुडीमा रेल दुर्घटना, ९ जनाको मृत्यु

    नयाँदिल्ली। भारत पश्चिम बङ्गालको जलपाइगुडी जिल्लामा रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । ३६ जना घाइते भएका छन् ।

    गुवाहटी–बिकानेर एक्सप्रेसको रेल हिजो (बिहीबार) साँझ दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको केन्द्रीय मन्त्री जोन बालरालाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।

    घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार जारी छ । सकुशल रहेका अन्य यात्रुहरुलाई अर्को रेलको व्यवस्था गरी गुवाहटी पठाइएको छ ।

    रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् । घटनाको उच्चस्तरीय जाँच सुरु गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । -एजेन्सी । 

    २०७८, पौष ३० शुक्रवार०१:३१:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार