एमाले महासचिव शंकर पोखरेललाई कोरोना सङ्क्रमण

एमाले महासचिव शंकर पोखरेललाई कोरोना सङ्क्रमण

२०७८, पौष ३० शुक्रवार

  • 965
    SHARES

  • एमाले महासचिव शंकर पोखरेललाई कोरोना सङ्क्रमण

    काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेललाई कोरोना सङ्क्रमण भएको छ । महासचिव पोखरेलले आज (शुक्रबार) सामाजिक सञ्जालमा आफूलाई सङ्क्रमण भएको जानकारी दिएका हुन्।

    सङ्क्रमण भएपछि केही दिन आइसोलेसनमा बस्नुपर्ने भएकाले यसअघि निर्धारित सबै कार्यक्रम स्थगित गरिएको पोखरेलले जानकारी दिएका छन् ।

    ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन‚’ महासचिव पोखरेलले लेखेका छन्‚ ‘अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो। निर्धारित सबै कार्यक्रम स्थगित गरियो।’

    २०७८, पौष ३० शुक्रवार०१:३५:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार