बेलायतमा आइसोलेसनको समय पाँच दिन मात्र

बेलायतमा आइसोलेसनको समय पाँच दिन मात्र

२०७८, पौष ३० शुक्रवार

  • 845
    SHARES

  • बेलायतमा आइसोलेसनको समय पाँच दिन मात्र

    लन्डन । बेलायतमा कुनै नागरिक कोभिड सङ्क्रमित भएपछि बस्नुपर्ने सेल्फ आइसोलेसनको समय पाँच दिनमा छोट्याइएको छ ।

    यसअघि सात दिन रहेकामा त्यसमा कटौती गरेर कोभिड पोजेटिभ देखिएको व्यक्तिले अब सेल्फ आइसोलेसनमा पाँच दिन मात्र बसे पुग्ने भएको छ ।

    यहाँका स्वास्थ्य अधिकारीहरुको परामर्शमा सरकारले सो समयमा कटौती गरेको बेलायतका स्वास्थ्यमन्त्री सजिद जाभिदले बताएका छन् ।

    उनका अनुसार यहाँका नागरिकमा आगामी सोमबारदेखि सो आइसोलेसन समय लागू हुने भएको हो । पाँच दिन र छैटौँ दिनको बिहानसम्ममा कोभिड पोजेटिभ देखिएका व्यक्ति आइसोलेसनबाट बाहिर निस्किन पाउने भएका हुन् । -एजेन्सी । 

    २०७८, पौष ३० शुक्रवार०१:३९:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार