भारतमा थप दुई लाख ६४ हजार जनामा कोरोना सङ्क्रमण

भारतमा थप दुई लाख ६४ हजार जनामा कोरोना सङ्क्रमण

२०७८, पौष ३० शुक्रवार

  • 753
    SHARES

  • भारतमा थप दुई लाख ६४ हजार जनामा कोरोना सङ्क्रमण

    नयाँदिल्ली । भारतमा कोरोना संक्रमणदर दिनहुँ तीव्र गतिमा बढिरहेको छ । यहाँ पछिल्लो २४ घण्टामा दुई लाख ६४ हजार सङ्क्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो ।

    कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको सङ्ख्या तीव्र बढेको हो । भारतमा कूल सङ्क्रमितमध्ये ३ दशमलव ४८ प्रतिशत सक्रिय सङ्क्रमित छन् ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा कोभिडबाट ३१५ जनाको मृत्यु भएको छ । कोभिडबाट केरला, महाराष्ट्र र नयाँ दिल्ली सबैभन्दा बढी प्रभावित छन् । -एजेन्सी । 

    २०७८, पौष ३० शुक्रवार०१:४३:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार