काठमाडौं । स्मार्ट कार्ड नेपाल प्रालिको सातौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
भक्तपुर राधेराधे स्थित छायादेवी भवनमा प्रालिको सातौ वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको हो ।
कम्पनिलाई आगामी वर्ष भित्रै नेपालको नम्बर वान कम्पनिका रुपमा स्थापित गर्न सबै लागि पर्नुपर्ने धारणा अध्यक्ष जय प्रसाद भट्टराईले मन्तव्यका क्रममा राखेका थिए ।
"यस कम्पनीले माइपे (MyPay) नामक एप्स लञ्च गरि नेपाललाई डिजिटलाइज गर्ने अभियानलाई सफल पार्न उत्कृष्ट र नविन सुविधाहरु प्रस्ताव गर्दै अगाडि बढेको छ", अध्यक्ष भट्टराईले सभामा भनेका थिए ।
यस एप्सको प्रयोग गर्दा हाल -वालेटमा मोबाइल टपअप, बिजुलीको बिल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी, टिभीको बिल भुक्तानी, एयरलाइन्सको टिकट, केबलकारको टिकट, बसको टिकट लगायतका सुविधाहरु प्राप्त गर्न सकिने अध्यक्षको भनाई थियो ।

माथिका कुनैपनि सुविधा प्रयोग गरि कारोबार गर्दा पहिलो कारोबारमा २५ प्रतिशत अधिकतम सय रुपैयाँसम्म क्यासब्याक पाईने पनि सभामा जनाईएको थियो ।
आधुनिक परिभाषा अन्तर्गत वालेट भन्नाले बिल भुक्तानी गर्ने माध्यमका रुपमा बुझिन्छ तर वालेटको उक्त परिभाषा नै परिवर्तन गर्ने योजनासहित माइपे वालेट अगाडि बढेको बताईएको छ ।
देशमा इ-सेवा, खल्ति लगाएत २६ वटा विद्युतीय भुक्तानी सेवा प्रदायक संचालनमा छन् । यद्यपि माइपे वालेटका अनुसार हाल बजारमा रहेको भुक्तानी सेवा प्रदायकहरुले भन्दा नयाँ सुविधाहरु यस वालेटबाट पाइनेछ।
माइपे वालेटमा सजिलै सँग कुनै पनि बैंकबाट फन्ड लोड गरी कारोबार गर्न सकिन्छ।