एमाले १ नं प्रदेश सम्पर्क कमिटी अध्यक्षमा ओली र सचिवमा घिमिरे

एमाले १ नं प्रदेश सम्पर्क कमिटी अध्यक्षमा ओली र सचिवमा घिमिरे

२०७८, माघ २ आइतवार

  • 1.2K
    SHARES

  • एमाले १ नं प्रदेश सम्पर्क कमिटी अध्यक्षमा ओली र सचिवमा घिमिरे

    काठमाडौं । नेकपा एमाले प्रदेश सम्पर्क कमिटी १ नं प्रदेशको अध्यक्षमा झापाका कपिलदेव ओली चयन भएका छन् ।

    शुक्रवारबाट सुरु भएको अधिवेशनले ओलीलाई अध्यक्ष र मोरङका नवराज घिमिरेलाई सचिवमा सर्वसम्मत चयन गरेको छ । अन्य पदाधिकारी र सदस्य भने टुंगो लागि नसकेको बताईएको छ । 

    ओली यस अघि झापा - काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष रहेका थिए भने घिमिरे मोरंग - काठमाडौं सम्पर्क मञ्च अध्यक्षको जिम्मेवारी पुरा गरेका व्यक्ति हुन् ।

    त्यस्तै, ओलीले विमा समितिको संचालक सदस्य भएर दोस्रो कार्यकाल जिम्मेवारी निर्वाह गरिरहेका छन् । 

    पार्टीले सम्पर्क मंच र सम्पर्क कमिटीलाई खार्ज गर्ने निति अगाडि सारेपछि लामो समयसम्म अन्योल कै अवस्थामा कमिटी रहेको थियो । यद्यपि सम्पर्क कमिटीमा बसेर काम गर्न सम्बन्धित भुगोलमै मतदाता नामावली रहने बाध्यकारी व्यवस्था समावेश गरिए पछि कमिटी व्यवस्थित हुने क्रममा रहेका छन् । 

    २०७८, माघ २ आइतवार०९:२७:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार