तत्काल निर्वाचनको मिति घोषणा गर्न स्थानीय तहका छाता संगठनको माग

तत्काल निर्वाचनको मिति घोषणा गर्न स्थानीय तहका छाता संगठनको माग

२०७८, माघ ३ सोमवार

  • 1.3K
    SHARES

  • तत्काल निर्वाचनको मिति घोषणा गर्न स्थानीय तहका छाता संगठनको माग

    काठमाडौं । नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ र जिल्ला समन्वय समिति महासंघले तत्काल स्थानीय निर्वाचनको प्रक्रिया सुरू गर्न माग गरेका छन् ।

    तीनवटै संस्थाका अध्यक्षहरुले संयुक्त वक्तव्य जारी गर्दै संविधानतः निर्वाचित स्थानीय तहहरूको कार्यकाल समाप्त हुँदै गरेको र संविधानले जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेको भन्दै निर्वाचन प्रक्रिया सुरू गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन् ।

    ‘निर्वाचित जनप्रतिनिधिहरूको अवधि क्रमशः २०७९ जेठ ७, असार २१ र असोज ७ गते सकिने भएकाले दोश्रो कार्यकालको लागि तत्काल निर्वाचन प्रक्रिया सुरू गर्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गर्दछौं’, संयुक्त वक्तव्यमा भनिएको छ ।

    वक्तव्यमा आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड रहेको स्मरण गराउँदै समयमा नै आवधिक निर्वाचन होस् र एकदिन पनि स्थानीय सरकार जनप्रतिनिधिविहीन नहोस् भन्ने चाहेको उल्लेख गरिएको छ ।

    केहिदिन पहिले निर्वाचन आयोगले समेत १२० दिनको समय तयारीका लागि चाहिने भनेर स्मरण गराएको समेत संगठनको भनाई छ । 

    विज्ञप्तिमा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठ र जिल्ला समन्वय समिति महासंघका अध्यक्ष नवराज गेलालले हस्ताक्षर गरेका छन् ।

    bigyapti-1.jpg

    २०७८, माघ ३ सोमवार०१:०३:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार