सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज 

सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज 

२०७८, माघ ४ मंगलवार

  • 1.6K
    SHARES

  • सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज 

    काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज मंगलबार बस्दैछ । स्थानीय तहको निर्वाचन मुख्य एजेण्डा रहेको बैठक बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने लागेको हो ।

    त्यसबाहेक राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा छलफल हुनेछ ।

    निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा सिफारिस गरेपनि सरकारले ढिलाइ गरेपछि शंसय बढेको छ । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजिएको आरोप लगाएको छ ।

    सोमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । 

    २०७८, माघ ४ मंगलवार०७:४८:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार