अफगानानिस्तानमा भूकम्प : २६ को मृत्यु, दर्जनौं घाईते

अफगानानिस्तानमा भूकम्प : २६ को मृत्यु, दर्जनौं घाईते

२०७८, माघ ४ मंगलवार

  • 749
    SHARES

  • अफगानानिस्तानमा भूकम्प : २६ को मृत्यु, दर्जनौं घाईते

    इस्लामावाद । अफगानिस्तानमा आएको शक्तिशाली भुकम्पमा परेर कम्तिमा २६ जनाको मृत्यु भएको छ ।

    पश्चिमी अफगानिस्तानमा ५.९ म्याग्‍निच्यूडको भूकम्प जाँदा अन्य दर्जनौं घाइते भएका छन् । भूकम्पबाट बादघिज प्रान्तको क्वादिस जिल्ला सबैभन्दा बढी प्रभावित छ ।

    घर भत्किएर पुरिँदा अधिकांश व्यक्तिको मृत्यु भएको हो । ‘पाँच महिला, चार बालबालिकासहित २६ जनाको मृत्यु भएको छ,’ बादघिज प्रान्तका प्रवक्ता बाज मोहमदा सरवारेले भने ।

    भूकम्पबाट सोही प्रान्तको मुक्र जिल्ला पनि प्रभावित भएको प्राप्त विवरणहरूमा जनाइएको छ । भूकम्पले पु¥याएको क्षतिको विस्तृत विवरण सार्वजनिक हुन बाँकी नै छ ।

    यसअघि नै आर्थिक संकटको सामना गरेको अफगानिस्तानमा भूकम्पका कारण थप संकट निम्तिएको बताइएको छ ।

    क्वादिस जिल्ला यसअघि पनि खडेरीका कारण प्रभावित भएको थियो । भूकम्पको असर पाकिस्तान र भारतसम्म महशुस गरिएको थियो । -एजेन्सी । 

    २०७८, माघ ४ मंगलवार०९:५७:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार