काठमाडौं । पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको छ। माघ ४ गते राती १२ बजे देखि माघ मसान्त सम्म नित्य पुजा बाहेकका सम्पूर्ण गतिविधिहरु रोकिएको पशुपति क्षेत्र विकास कोषले सुचना प्रकासित गरेर जानकारी दिएको छ।
काठमाडौं जिल्ला प्रशासनले कोरोना महामारी तिब्र गतिमा फैलिएपछि नित्य पूजा मात्र गर्न मठ, मन्दिर, मस्जिद, चर्च लगाएतलाई आदेश दिएको थियो ।
त्यस्तै, धेरै भक्तजन पुग्ने पवित्र मन्दिर मनकामना पनि शुक्रबारेदखि नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने निर्णय गरिएको छ ।