भारतमा एकैदिनमा थप दुई लाख ८२ हजार सङ्क्रमित

भारतमा एकैदिनमा थप दुई लाख ८२ हजार सङ्क्रमित

२०७८, माघ ५ बुधवार

  • 661
    SHARES

  • भारतमा एकैदिनमा थप दुई लाख ८२ हजार सङ्क्रमित

    नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ८२ हजार ९७० जना सङ्क्रमित थपिएका छन् ।

    भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रति दिन बृद्धि हुदै आइरहेको अधिकारीहरुले जनाएका छन् । भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ७९ लाख १ हजार २४१ रहेको अधिकारीहरुले जनाएका छन् । 

    केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १८ लाख ३१ हजार रहेको छ । हाल रहेका सक्रिय सङ्क्रमित मध्ये आठ हजार ९६१ जना मात्रै ओमिक्रोनबाट सङ्क्रमित रहेको पाइएको छ । 

    कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनभाइरसबाट अघिल्लो दिनको तुलनामा बुधबार सङ्क्रमितहरुको सङ्ख्या ०.७९ प्रतिशत बढी रहेको छ ।

    पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट एक लाख ८८ हजार १५७ जना सङ्क्रमणमुक्त भएका छन् ।

    भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ५५ लाख ८३ हजार ३९ पुगेको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९३.८८ प्रतिशत रहेको जनाइएको छ ।

    पछिल्लो एक दिनमा ४४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८७ हजार २०२ रहेको छ । कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७० करोड ७४ लाख भन्दाबढी व्यक्तिको कोरोना परीक्षण भएको छ । 

    यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५८ करोड ८८ लाख ४७ हजार भन्दा बढी  कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ ।- एजेन्सी । 

    २०७८, माघ ५ बुधवार०४:२६:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार