फ्रान्समा अहिलेसम्मकै बढी, एकै दिन ४ लाख ६४ हजार जनामा कोरोना सङ्क्रमण

फ्रान्समा अहिलेसम्मकै बढी, एकै दिन ४ लाख ६४ हजार जनामा कोरोना सङ्क्रमण

२०७८, माघ ५ बुधवार

  • 821
    SHARES

  • फ्रान्समा अहिलेसम्मकै बढी, एकै दिन ४ लाख ६४ हजार जनामा कोरोना सङ्क्रमण

    पेरिस । फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना सङ्क्रमित भेटिएका छन् । पछिल्लो केही दिनयता युरोपेली देशहरुमध्येकै सबैभन्दा बढी सङ्क्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाखभन्दा बढीमा सङ्क्रमित देखिएका छन् ।

    फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा कम्तीमा पनि ४ लाख ६४ हजार ७७९ जनामा यो संक्रमण देखिएको हो ।

    फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन  फैलिएसँगै सङ्क्रमितको संख्या दैनिक बढिरहेको अधिकरीहरुको भनाई छ । यहाँका स्वास्थ्य मन्त्रीले अहिले करिब चार हजार जना सङ्क्रमित आइसियुमा भर्ना भएका जानकारी दिनुभएको छ ।

    यहाँका अस्पतालका करिब ७० प्रतिशत बेडहरु कोभिडका बिरामीले भरिएका पनि जानकारी दिइएको छ । फ्रान्समा पछिल्लो सयममा दिन प्रतिदिन कोभिडका सङ्क्रमित बढेका छन् । 

    फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रीस, पोर्चुगललगायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा सङ्क्रमित भेटिएका छन् ।

    युरोपमा खासगरी क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघट बढेकाले कोरोना तीव्र रूपमा फैलिएको बताइएको छ ।- एजेन्सी । 

    २०७८, माघ ५ बुधवार०४:३३:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार