ब्रोकर कमिसन घटाउँदा पनि ४० अंकले घट्यो सेयर बजार

ब्रोकर कमिसन घटाउँदा पनि ४० अंकले घट्यो सेयर बजार

२०७७, पौष १२ आइतवार

  • 1.3K
    SHARES

  • ब्रोकर कमिसन घटाउँदा पनि ४० अंकले घट्यो सेयर बजार

    पौष ११, काठमाडौँ ।

    आइतबार सेयर बजार सूचक करिब ४० अंकले घटेर २००० अंकभन्दा मुनि आएको छ। 

    धितोपत्र बोर्डले ब्रोकर कमिसन करिब ३३ प्रतिशतले घटाएपनि लगानीकर्तामा उत्साह देखिएन।

    आज करिब ८० लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ।

    २०४ कम्पनीको कारोबार हुँदा २० वटा कम्पनीको मात्रै मूल्य बढेको छ भने१३ वटा कम्पनीको मूल्य स्थिर रहेर बाँकी सबै कम्पनीको मूल्य घटेको छ।

    सर्वाधिक मूल्य घट्ने कम्पनीमा  विशाल बजार कम्पनी, सोल्टी होटल, ओरियन्टल होटल र नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य करिब ५/५ प्रतिशतले घटेको छ।

    सर्वाधिक कारोबार हुने कम्पनीमा  नेपाल लाइफ छ। नेपाल लाइफको ६७ करोड रुपैयाँको सेयर किनबेच हुँदा नबिल बैंकको ४० करोड, एनआइसी एसिया बैंकको २६ करोड र नेपाल पुनर्बीमा कम्पनीको २५ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

     

     

    २०७७, पौष १२ आइतवार०३:४३:५१
    प्रतिक्रिया
    सम्बन्धित समाचार