संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तता कल्पना गरेको छैन : गगन थापा

संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तता कल्पना गरेको छैन : गगन थापा

२०७८, माघ ७ शुक्रवार

  • 777
    SHARES

  • संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तता कल्पना गरेको छैन : गगन थापा

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपालको संविधानमा स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै नगरेको बताएका छन् ।

    बिहीबार ट्विटरमार्फत महामन्त्री थापाले आफूहरूले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नगरेको भन्दै निर्वाचनबारे कुनै निर्णय गर्दा स्थानीय तह रिक्त भएमा त्यो असंवैधानिक हुने बताएका हुन् ।

    ‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन । अतस् निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक नै हुन्छ‚’ उनले लेखेका छन् ।

    यो सरकार असंवैधानिक कदमविरुद्धको सङ्घर्षबाट बनेकाले सरकारले गर्ने हरेक निर्णय संविधानको कसीमा सही हुनुपर्ने बताएका छन् ।

    २०७८, माघ ७ शुक्रवार०८:३३:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार