घानामा विस्फोट हुँदा कयौँ घर ध्वस्त, १७ जनाको शव भेटियो

घानामा विस्फोट हुँदा कयौँ घर ध्वस्त, १७ जनाको शव भेटियो

२०७८, माघ ७ शुक्रवार

  • 773
    SHARES

  • घानामा विस्फोट हुँदा कयौँ घर ध्वस्त, १७ जनाको शव भेटियो

    पश्चिम घाना। घानाको यपिएट सहरमा भयङ्कर विस्फोट भएको छ । विस्फोटबाट कयौँ भवनहरु भत्किएका छन् ।

    घटनास्थलमा १७ वटा शव फेला परेका स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाहरुको सङ्ख्याबारे औपचारिक जानकारी दिएको छैन ।

    सुनको खानीको रुपमा चिनिने सहरमा विस्फोट भएको हो । खानीका लागि आवश्यक विस्फोटक पदार्थ बोकेका गाडी मोटरसाइकलसँग ठोक्किएपछि विस्फोट भएको बताइएको छ ।

    स्थानीय मिडियाहरुले सार्वजनिक गरेको तस्बिर र भिडियोमा विस्फोट भएको स्थानमा धुलो र धुवाँको मुस्लो उडेको देखिन्छ । भग्नावशेषमा च्यापिएकाहरुले चिच्याउँदै सहायता मागेको पनि देखिन्छ । -एजेन्सी । 

    २०७८, माघ ७ शुक्रवार०८:४५:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार