चाँगुनारायण जङ्गलमा चरा गणना सुरु

चाँगुनारायण जङ्गलमा चरा गणना सुरु

२०७८, माघ ७ शुक्रवार

  • 1.5K
    SHARES

  • चाँगुनारायण जङ्गलमा चरा गणना सुरु

    भक्तपुर । धेरै प्रजातिको चरा पाइने कथन रहँदै आएको चाँगुनारायण नगरपालिकाको जङ्गल क्षेत्रमा गणना सुरु गरिएको छ ।

    त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कमलराज गोसाइँसहितको टोलीले वडा नं ६ र ७ को सिमाना क्षेत्रमा रहेको मुहानपोखरी आसपास क्षेत्रमा रहेका चराको गणना सुरु गरेको हो ।

    त्रिवि केन्द्रीय वातावरण विज्ञान विभागलगायत विभिन्न कलेजका स्नाकोत्तर तह र विद्यावारिधि अध्ययनरत विद्यार्थी एवं पक्षी संरक्षण सङ्घका प्रतिनिधि सहभागी रहेको टोलीले चरा गणना सुरु गरेका हुन् । गोसाइँका अनुसार चाँगुनारायणको यस क्षेत्रमा ५३ प्रजातिका चरा पाइन्छन् ।

    थप प्रजातिका चराको पनि गणनाको क्रममा अध्ययन हुने छ । चाँगुनारायण नगरपालिकाबाट सुरु भएको चराको गणना र अध्ययन अरु क्षेत्रमा पनि गरिने उपप्राध्यापक गोसाइँले बताउनुभयो ।

    २०७८, माघ ७ शुक्रवार०८:४९:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार