माघ १० गतेदेखि भिजिट भिसामा खाडी र मलेसिया जान रोक

माघ १० गतेदेखि भिजिट भिसामा खाडी र मलेसिया जान रोक

२०७८, माघ ८ शनिवार

  • 941
    SHARES

  • माघ १० गतेदेखि भिजिट भिसामा खाडी र मलेसिया जान रोक

    काठमाडौँ । सरकारले भिजिट भिसामा खाडीका राष्ट्र र मलेसिया जान रोक लगाएको छ । 

    विभिन्न उद्देश्यले भिजिट भिसामा खाडी र मलेसिया पुगेका नेपाली बिचल्लीमा पर्ने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता मुलुकमा भिजिट भिसामा जान रोक लगाएको हो । 

    यही माघ १० गतेदेखि ती मुलुकमा भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । 

    नेपाली युवायुवती भिजिट भिसामा खाडीका मुलुक र मलेसियामा पुगी विभिन्न गतिविधिमा संलग्न हुने गरेका छन् ।

    २०७८, माघ ८ शनिवार०८:२१:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार