‘पहुँचवालाबाट सरकारी जमीन अतिक्रमण’

‘पहुँचवालाबाट सरकारी जमीन अतिक्रमण’

२०७७, पौष १२ आइतवार

  • 3.5K
    SHARES

  • ‘पहुँचवालाबाट सरकारी जमीन अतिक्रमण’

    पौष ११, काठमाडौँ ।

    भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मामा अर्यालले सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमण गर्नेमा पहँुचवाला व्यक्ति तथा पूर्व मन्त्रीहरु नै सक्रिय रहेको बताएकी छन् ।

    मन्त्रालयले आज सिंहदरबारमा आयोजना गरेको बिदाइ समारोहलाई सम्बोधन गर्दै उनले राज्यको सम्पत्ति दोहन गर्ने जोकोहीलाई पनि कानूनी दायरमा ल्याउन कर्मचारीले सदैव उच्च मनोबलका साथ काम गर्नुपर्ने सुझाव दिएकी हुन् ।  

    मन्त्री अर्यालले आफ्नो कार्यकालमा सगरमाथाको नयाँ उचाइको घोषणा, नयाँ नेपालको  नयाँ नक्सा पारित तथा थुप्रै रचनात्मक काम गरेको दाबी गरेकी छन् ।

    मन्त्री अर्यालले आजै कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पुगी पद बहाली गरेकी हुन् ।

    नवनियुक्त कृषिमन्त्री अर्यालले कृषि क्षेत्रको विकासबाट मुलुक र जनताको समृद्धि सम्भव रहेको बताइन् ।  

    २०७७, पौष १२ आइतवार०५:५१:१२
    प्रतिक्रिया
    सम्बन्धित समाचार