भारतमा एकैदिन ३ लाख ३७ हजार संक्रमित थपिए, ४८८ जनाको मृत्यु

भारतमा एकैदिन ३ लाख ३७ हजार संक्रमित थपिए, ४८८ जनाको मृत्यु

२०७८, माघ ८ शनिवार

  • 805
    SHARES

  • भारतमा एकैदिन ३ लाख ३७ हजार संक्रमित थपिए, ४८८ जनाको मृत्यु

    नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ३७ हजार कोरोनाभाइरस संक्रमित थपिएका छन् । सोही अवधिमा थप ४८८ जनाको कोरोनाभाइरस संक्रमणले मृत्यु भएको छ ।

    भारतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार एकैदिनमा २ लाख ४२ हजार जना निको भएका छन् । भारतमा २१ लाखभन्दा बढी सक्रिय संक्रमित छन् भने दैनिक संक्रमणदर १७ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।

    साथै शनिवार ओमिक्रोनबाट संक्रमण हुनेको संख्या १० हजार नाघेको छ । भारतमा ३ प्रतिशतका दरले संक्रमण फैलिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।- एजेन्सी । 

    २०७८, माघ ८ शनिवार०३:१०:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार