त्रिविले माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने

त्रिविले माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने

२०७८, माघ ९ आइतवार

  • 1.1K
    SHARES

  • त्रिविले माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ ।

    सबै क्याम्पस तथा विभागले माघ १० भित्र अनलाइन कक्षाको रुटिन बनाइसक्नुपर्नेछ भने रुटिन डिन कार्यालयमा पठाउनुपर्नेछ ।

    त्रिवि रजिस्ट्रार कार्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले आज (आइतबार) सूचना निकालेर माघ ११ देखि अनलाइन कक्षा सञ्चालन गर्ने उल्लेख गरेका छन् ।

    साथै अनलाइन कक्षा व्यवस्थित गर्न सहायक क्याम्पस प्रमुखको नेतृत्वमा ७ सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्न पनि त्रिविले निर्देशन दिएको छ ।

    २०७८, माघ ९ आइतवार०५:२२:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार