इंग्लिस प्रिमियर लिगमा बलिया टोली लिभरपुल र चेल्सीको सहज जित

इंग्लिस प्रिमियर लिगमा बलिया टोली लिभरपुल र चेल्सीको सहज जित

२०७८, माघ १० सोमवार

  • 1.0K
    SHARES

  • इंग्लिस प्रिमियर लिगमा बलिया टोली लिभरपुल र चेल्सीको सहज जित

    लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष टोली लिभरपुल र चेल्सीले सहज जित निकालेका छन् ।

    आइतबार राति भएको खेलमा भ्रमणकारी टोली लिभरपुलले क्रिस्टल प्यालेसलाई ३-१ अन्तरले हरायो । लिभरपुलको जितमा भिर्गिल भान डाइक, एलेक्स च्याम्बर्लिन र फाबिन्फोले १-१ गोल गरे । घरेलु टोलीको लागि ओड्सोने इडवार्डले सान्त्वना गोल गरे ।

    भिर्गिल भान डाइकले आठौं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । खेलको ३२औं मिनेटमा एलेक्स च्याम्बर्लिनले गोल गर्दा लिभरपुल २-० ले अगाडि बढ्यो ।

    ५५औं मिनेटमा प्यालेसका इडवार्डले गोल गर्दै दूरी २-१ को स्थितिमा झारे । खेलको ८९औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।

    जितसँगै लिभरपुलले २२ खेलमा ४८ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित क्रिस्टल प्यालेस २४ अंक जोडेर १३ औं स्थानमा छ ।

    अर्को खेलमा चेल्सीले टोटेनहमलाई २-० अन्तरले हरायो । घरेलु मैदानमा चेल्सीलाई जितउन हाकिम जिएच र थियागो सिल्भाले १-१ गोल गरे ।

    ४७औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ५५ औं मिनेटमा सिल्भाले गोल गर्दा चेल्सीलाई सहज जित तर्फ अग्रसर भयो ।

    जितसँगै चेल्सी २४ खेलमा ४७ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित टोटेनहम ३६ अंक जोडेर सातौं स्थानमा छ ।

    २०७८, माघ १० सोमवार०८:११:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार