झापा एमालेको केन्द्रविन्दुमा दुई पुर्व माननीय कार्की र गिरी

झापा एमालेको केन्द्रविन्दुमा दुई पुर्व माननीय कार्की र गिरी

२०७८, माघ १० सोमवार

  • 1.8K
    SHARES

  • झापा एमालेको केन्द्रविन्दुमा दुई पुर्व माननीय कार्की र गिरी

    दमक । नेकपा एमाले झापा जिल्ला कमिटीको अध्यक्ष र उपाध्यक्षमा दुई पुर्व सांसद क्रमशः दिपक कार्की र प्रेम गिरी सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । 

    वि.सं २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा झापा ६ बाट निर्वाचित हुँदै गौरादह निवासी कार्की राष्ट्रिय राजनितिमा उदाएका हुन् । २०७४ सालमा जिल्लामा संसदीय छेत्र घटेसँगै कार्की ओझेलमा परेका थिए ।

    जनताको मत जितेर अब्बल बन्न सफल रहेका कार्कीलाई पार्टीले जिल्ला अध्यक्षकै जिम्मेवारी दिएर पार्टी परीक्षामा होमेको झापाली एमाले कार्यकर्ताको बुझाई छ । उनी यसअघि उपाध्यक्ष रहेका थिए । उनले गौरादह गाउँविकास समिति अध्यक्ष हुँदा गरेका कामका कारण २०६४ सालको संविधानसभामा जनताको लोकप्रिय मत सहित जित हासिल गरेका थिए ।

    तत्कालिन समयमा ७ वटा निर्वाचन छेत्र रहेको झापामा केपी शर्मा ओली सहित ६ वटा छेत्रमा एमाले पराजित हुँदा कार्की भने एक्लो निर्वाचित सांसद हुन सफल रहे ।   

    केन्द्रीय राजनितिमा भाई हिकमत कार्की अगाडि बढिरहँदा दाई दिपक कार्कीलाई जिल्लाका सबै एमाले कार्यकर्ताको सर्वमान्य नेता भएर अगाडि बढ्ने चुनौति भने अवश्य नै छ ।

    कुनैबेला नुवाकोट कांग्रेसमा केसी परिवारको केन्द्रदेखि स्थानिय तहसम्मै हालिमुहालि हुँदा आज केसी परिवारलाई कांग्रेसीजनले बत्तिबालेर खोज्नुपरेको अवस्थाबाट कार्की सचेत नै होलान् भन्ने कुरामा आशावादी रहेको दमकका एक स्थानिय कार्यकर्ताको भनाई छ । 

    त्यस्तै, २०७० सालको संविधानसभा निर्वाचनमा छेत्र नं ४ बाट झापा कांग्रेस सभापति समेत रहेका उद्धव थापालाई हराउँदै खुदुनावारी निवासी प्रेम गिरी राष्ट्रिय राजनितिमा आएका हुन् । उनको पर्यायवाची नै विकासप्रेमी रहेको छ । झापाको पुर्व-उत्तर कुनामा रहेको दुर्गम गाउँविकास समिति खुदुनावारीको विकासलाई बुझेरै सुगम गाउँविकास समिति सुरुंगाका जनताले समेत लोकप्रिय मत दिएर गिरीलाई निर्वाचित गरेका थिए ।

    संविधानसभा सदस्य हुँदा गिरीले खुदुनावारी सिमसारबाट शुरु गरि चारकोसे झाडीको तल्लो छेवैछेऊ हुँदै कन्काईको धनुषकोटी, घैैलाडुबाको कोचसंग्रहालय हेर्दै अर्जुनधारा सम्मको टाँगागाढा पर्यटकिय बाटो निर्माणको योजनालाई मुक्तकण्ठले प्रशंसा गर्ने गरिएको छ । उनी पनि छेत्र घटे सँगै राजनितिमा स्थापित हुन संघर्षरत थिए । उनी यसअघि जिल्ला सचिवालय सदस्य रहेका थिए ।

    हाल कार्कीको निर्वाचन क्षेत्रबाट एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् भने गिरीको निर्वाचन छेत्रबाट सांसदको रुपमा पवित्रा निरौला छिन् । 

    विकासप्रेमी नेताका रुपमा पहिचान बनाएका दुवै नेता शालिन र मृदुभाषी छन् । जनताका माझमा परिक्षित हुन सफल दुवै नेतालाई कार्यकर्ताको माझमा परिक्षित हुने चुनौति भने अवश्य नै देखिएको छ ।

    यसअघिका अध्यक्ष चिन्तन पाठक, जिल्ला इन्चार्ज अग्नी खरेल, प्रदेश इन्चार्ज देवराज घिमिरे र प्रभावशाली नेता हिकमत कार्कीका आ-आफ्नै स्वभावजन्य विशेषता त्यस्तै सचेत र जुझारु कार्यकर्ताको अव्वल पंक्ति मैदानमा रहेका कारण दुवै नेता कार्की र गिरीलाई समूहको मात्र नेता हुने छुट देखिँदैन ।

    यद्यपि दुवै नेतालाई एमाले अध्यक्ष ओलीको उत्तिकै सद्भाव रहेको अवस्था हालको छ । 

    २०७८, माघ १० सोमवार०९:४८:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार