टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः सुरु 

टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः सुरु 

२०७८, माघ ११ मंगलवार

  • 893
    SHARES

  • टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः सुरु 

    काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ ।

    काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन हुन लागेको हो । 

    आज बिहान १० बजेदेखि खोप अभियान सुरु हुने छ । आइतबार अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले सोमबारदेखि एक हप्ताका लागि खोप अभियान स्थगन गरेको थियो । 

    अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज उपलब्ध गराउँदै आएको थियो ।

    २०७८, माघ ११ मंगलवार०७:५६:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार