उत्तर कोरियाद्वारा पूर्वी सागरमा दुई मिसाइल प्रहार

उत्तर कोरियाद्वारा पूर्वी सागरमा दुई मिसाइल प्रहार

२०७८, माघ ११ मंगलवार

  • 813
    SHARES

  • उत्तर कोरियाद्वारा पूर्वी सागरमा दुई मिसाइल प्रहार

    सोल । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (डिपिआरके)ले पूर्वी सागरमा क्रुज मिसाइल मानिने दुई वटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले सैन्य स्रोतलाई उद्धृत गर्दै मंगलबार सो जानकारी दिएको छ ।

    दक्षिण कोरियाली सेनाले मंगलबार बिहान उत्तर कोरियाबाट पूर्वी जलक्षेत्रमा प्रक्षेपण गरिएका दुई वटा अज्ञात क्षेप्यास्त्र पत्ता लगाएको स्रोतले जनाएको छ ।

    क्रुज मिसाइलहरूको प्रक्षेपण संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लङ्घन भने नभएको बताइएको छ । प्योङयाङलाई ब्यालेस्टिक मिसाइल परीक्षण गर्न प्रतिबन्ध लगाएकोमा नपरेको जनाइएको छ ।

    यस महिनाको सुरुमा, उत्तर कोरियाले जनवरी ५ र ११ मा हाइपरसोनिक मिसाइल, जनवरी १४ मा दुई रेलवे छोटो दूरीको ब्यालेस्टिक मिसाइल र जनवरी १७ मा दुई वटा रणनीतिक निर्देशित मिसाइल सहित चार मिसाइल परीक्षणहरू गरिसकेको छ ।

    २०७८, माघ ११ मंगलवार०२:२८:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार