सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

२०७८, माघ १२ बुधवार

  • 1.1K
    SHARES

  • सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

    बैतडी । सुदूरपश्चिम विश्वविद्यालयले वार्षिक परीक्षा स्थगित गरेको छ । पछिल्लो समय कोरोना सङ्क्रमण ओमिक्रोन बढ्दै गएको भन्दै विश्वविद्यालयले माघ महिनाभरि हुने सबै परीक्षा स्थगित भएको जनाएको छ ।

    हिजो बसेको परीक्षा बोर्डको बैठकले यही माघ १६ गतेदेखि सुरु हुन लागेको स्नातक तहको व्यवस्थापन सङ्कायका पहिलो, दोस्रो र तेस्रो वर्षका परीक्षा गर्ने निर्णय गरेको हो ।

    परीक्षा नियन्त्रक देवसिंह नाथका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको हो ।

    यसका साथै विश्वविद्यालयले कक्षा सञ्चालन पनि अनलाइनबाट गर्ने तयारी भएको जनाएको छ ।

    २०७८, माघ १२ बुधवार०८:३२:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार