पार्टीको एकता बलियो बनाउन एमाले अनुशासन आयोगको आग्रह

पार्टीको एकता बलियो बनाउन एमाले अनुशासन आयोगको आग्रह

२०७८, माघ १२ बुधवार

  • 657
    SHARES

  • पार्टीको एकता बलियो बनाउन एमाले अनुशासन आयोगको आग्रह

    काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय सल्लाहकार परिषद्ले पार्टीका विपक्षीहरुले फैलाएको भ्रम चिर्न पार्टीलाई राजनीतिक तथा वैचारिकरूपमा अझ सजग तथा सक्रिय बनाउन आग्रह गरेको छ ।

    परिषद्का अध्यक्ष अमृतकुमार बोहराले मंगलवार विज्ञप्ति जारी गरी पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्न बढी केन्द्रित बन्नुपर्नेमा जोड दिएका हुन् ।  

    एमालेको १०औँ राष्ट्रिय महाधिवेशनपछि बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सो परिषद् गठन गरेको थियो । 

    अध्यक्ष बोहराले एमालेले पार्टीलाई एकताबद्ध, गतिशील र सुदृढ बनाई सबैखाले अवसरवाद र अराजक प्रवृत्तिबाट मुक्त गर्दै खँदिलो एकताका साथ वैज्ञानिक समाजवादको आधार निर्माण गर्ने बाटोमा दृढतापूर्वक लाग्न आग्रह गरेका छन् । 

    २०७८, माघ १२ बुधवार०९:१२:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार