भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

२०७८, माघ १२ बुधवार

  • 933
    SHARES

  • भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

    नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । बुधबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएका छन् ।

    सङ्घीय स्वास्थ्य मन्त्रालयले अघिल्लो दिन मङ्गलबार भने भारतमा थप दुई लाख ५५ हजार ८७४ जना नयाँ सङ्क्रमित भएको विवरण सार्वजनिक गरेको थियो ।

    कुल सङ्क्रमितहरु मध्ये ९३.२३ प्रतिशत अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेका छन् । ती मध्ये दुई लाख ९९ हजार ७३ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् ।

    पछिल्लो समय एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै देखिएको छ । त्यसैले भारतमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएको छ ।

    भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या २२ लाख २३ हजार १८ रहेको छ । जबकि अघिल्लो दिन २२ लाख ३६ हजार ८४२ रहेको थियो । -एजेन्सी । 

    २०७८, माघ १२ बुधवार०१:४८:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार