स्थानीय तहको चुनाव कानुन अनुरुप हुनुपर्छ : अध्यक्ष नेपाल

स्थानीय तहको चुनाव कानुन अनुरुप हुनुपर्छ : अध्यक्ष नेपाल

२०७८, माघ १२ बुधवार

  • 781
    SHARES

  • स्थानीय तहको चुनाव कानुन अनुरुप हुनुपर्छ : अध्यक्ष नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव संविधान र कानुन अनुरुप हुनुपर्ने बताएका छन् ।

    बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संविधानलाई सर्वोपरी राखेर सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

    उनले सत्तारुढ दलहरुबीच एकैपटक तीन वटा तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने भएकोले विज्ञहरुसँग विस्तृत छलफल गरिरहेको बताए ।

    २०७८, माघ १२ बुधवार०१:५२:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार