प्रदेश १ मा एमालेका शेर्पा विजयी, खुलामा बराल र बस्नेतको बराबरी

प्रदेश १ मा एमालेका शेर्पा विजयी, खुलामा बराल र बस्नेतको बराबरी

२०७८, माघ १२ बुधवार

  • 989
    SHARES

  • प्रदेश १ मा एमालेका शेर्पा विजयी, खुलामा बराल र बस्नेतको बराबरी

    विराटनगर । प्रदेश १ बाट अल्पसंख्यक कोटामा राष्ट्रियसभा सदस्यमा एमालेका उम्मेदवार सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।

    उनले गठबन्धनका उमेदवार हेमराज राईलाई पराजित गरे । 

    शेर्पाले स्थानीयतर्फ १ सय ५२ मत र प्रदेशतर्फ ४२ मत प्राप्त गरेका छन् । क्षेत्रीय निर्वाचन कार्यालयकाअनुसार शेर्पाले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे ।

    गठबन्धनका राईले  ४ हजार ३ सय ६८ मतभार प्राप्त गरे ।

    खुलातर्फ भने एमालेका गुरु बराल र गठबन्धनका गोपाल बस्नेतको बराबर मत भएको छ । दुवैले ४ हजार ४८८ मतभार प्राप्त गरेका छन ।

    २०७८, माघ १२ बुधवार०५:५६:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार