राष्ट्रियसभामा गोलाप्रथाबाट एमालेका गुरु बराललाई पराजित गर्दै कांग्रेसका गोपाल बस्नेत विजयी 

राष्ट्रियसभामा गोलाप्रथाबाट एमालेका गुरु बराललाई पराजित गर्दै कांग्रेसका गोपाल बस्नेत विजयी 

२०७८, माघ १२ बुधवार

  • 1.7K
    SHARES

  • राष्ट्रियसभामा गोलाप्रथाबाट एमालेका गुरु बराललाई पराजित गर्दै कांग्रेसका गोपाल बस्नेत विजयी 

    विराटनगर । अन्ततः प्रदेश १ बाट राष्ट्रियसभाको अन्यतर्फको सदस्यमा नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित भएका छन् ।

    बुधबार नेकपा एमालेका उम्मेदवार गुरु बराल र बस्नेतले बराबर मत ल्याएपछि गोला प्रथाबाट विजेताको टुंगो लगाइएको हो ।

    एमाले उम्मेदवार बराल र नेपाली कांग्रेसका उम्मेदवार बस्नेतले बराबर ४४८८ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ । तर गोला प्रथा गर्दा बस्नेत निर्वाचित भए ।

    बस्नेतले प्रदेशसभाका ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ मत प्राप्त गरे । बरालले प्रदेशसभाबाट ३८ र स्थानीय तहबाट १४८ मत प्राप्त गरेका थिए ।

    २०७८, माघ १२ बुधवार०६:२१:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार