कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रवार भर्चुअल माध्यमबाट बस्ने

कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रवार भर्चुअल माध्यमबाट बस्ने

२०७८, माघ १३ बिहिवार

  • 845
    SHARES

  • कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रवार भर्चुअल माध्यमबाट बस्ने

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बैठक शुक्रबार बस्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

    कोरोना संक्रमणको जोखिमका कारण केन्द्रीय समिति बैठक भर्चुअल बस्ने कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए । बैठक बिहान ११ः०० बजे बस्दैछ । 

    कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । विधानमा कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने व्यवस्था छ । अहिले १४८ केन्द्रीय सदस्य रहेका छन् ।

    २०७८, माघ १३ बिहिवार०२:१९:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार