आज काँग्रेस केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै

आज काँग्रेस केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै

२०७८, माघ १४ शुक्रवार

  • 1.4K
    SHARES

  • आज काँग्रेस केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै

    काठमाडौँ । काँग्रेस केन्द्रीय समितिको बैठक आज (शुक्रबार) बस्दै छ । भर्चुअल माध्यमबाट अपराह्न ३ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनबारे छलफल हुने छ ।

    काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव डा. कृष्णप्रसाद पौडेलले कार्यसम्पादन समिति गठन गर्ने एकल कार्यसूची अनुसार बैठक बस्न लागेको जानकारी दिए ।

    काँग्रेसको विधानमा ४५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठनको व्यवस्था छ । समितिमा १४ जना पदाधिकारी र पार्टी सभापतिको प्रस्तावमा अन्य ३१ जना सदस्य रहन्छन् । समितिमा प्रवक्ता स्वतः सदस्य रहने व्यवस्था छ । यद्यपि काँग्रेसले पार्टी प्रवक्ता तोकिसकेको छैन ।

    केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने एउटा मात्र एजेन्डा भए पनि बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचन र कोरोना सङ्क्रमणका विषयमा पनि छलफल हुन सक्ने नेताहरु बताउँछन् ।

    २०७८, माघ १४ शुक्रवार०७:४२:४३
    प्रतिक्रिया
    सम्बन्धित समाचार